कर्मचारी आवश्यकता
मिति: २०८१/०९/१६
सामुदायिक रेडियो प्रसारक संघ, नेपाल (अकोराव, नेपाल) नेपालका सामुदायिक रेडियोहरुको छाता संगठन हो । यस संस्थाले गुणस्तरीय सूचनामार्फत व्यक्तिहरुको आत्मसम्मानपुर्वक बाँच्न पाउने हक र संबृद्ध जीवन सुनिश्चित गर्न सञ्चारसँग सम्बन्धित कामहरु सहित, सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संस्थाहरुसँग सहकार्य, अधिकारको वकालत, विपद् सञ्चार लगायत विविध कामकारबाही गर्दै आइरहेको छ।
अकोरावले द एशिया फाउन्डेशनले नेपालमा सञ्चालन गरेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम (युएसएड सीएसएम) अन्तर्गत लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पूर्वमा महिला, युवा तथा सीमान्तकृत वर्ग तथा समुदायको आवाज र अधिकारको वकालतलाई सशक्त बनाउन स्थानीय मिडिया संस्थाहरुको सवलीकरण गर्न विभिन्न गतिविधीहरु गर्दै आईरहेको छ । यस कार्यक्रम अन्तर्गत स्थानीय तहका नागरिक समाज संस्थाहरुसँग अर्थपुर्ण साझेदारीसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेछ ।
यस कार्यक्रमको लागि रोल्पा र पूर्व रुकुममा एक/एक जना जिल्ला अधिकृत आवश्यक भएकाले तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित मितिले ७ दिन भित्र दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफ्नो आवेदन पत्र र वास्तविक बायोडाटा उल्लेखित प्रक्रिया अनुरुप पेश गर्नहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पद: जिल्ला अधिकृत (महिला मात्र)
संख्या: २ जना
जिम्मेवारीहरु:
- कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने,
- संस्थाको नीति अनुरुप जिल्ला तथा स्थानिय सरोकारवाला निकायहरुवीच सम्पर्क, समन्वय तथा सरोकारवालाहरुसंगको प्रत्यक्ष समन्वयमा क्रियाकलापहरु सञ्चालन गर्ने,
- परियोजना तथा संस्थाले तोकेको ढाँचामाा निर्धारित समयमा प्रतिबेदन तयार गर्ने,
- जिल्लामा सञ्चालन हुने तालिम, सीप विकास सहायता लगायतमा कार्यक्रम संयोजकलाई आवश्यक सहयोग प्रदान गर्ने
- आवश्यकता अनुसार विभिन्न तालिम, गोष्ठी, तथा कार्यशालामा समाबेश तथा संञ्चालन गर्ने,
आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव:
नेपाल सरकारको मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा प्लस टु वा सो सरह उर्तिण ।
सेवा सुविधा संस्थाको नियमानुसार हुनेछ ।
आवेदन दिने अन्तिम मिति: पौष २३, २०८१, मंगलवार कार्यालय समय भित्र (विज्ञापन प्रकाशित मितिले ७ दिन भित्र)
नोट: दलित, जनजाती तथा सीमान्तकृत वर्ग तथा समुदायका उम्मेदवारलाई प्राथमिकता दिईनेछ।
दर्खास्त पेश गर्ने ठेगाना: संस्थाको इमेल [email protected] मा आवेदन पत्र र वायोडाटा पेश गर्नु पर्ने छ ।
अकोराव नेपाल