Navigation

सामुदायिक रेडियो प्रसारक संघ नेपालको १८ औँ बार्षिक साधारण सभा एवं आठौं अधिवेशन सम्बन्धी सुचना

२०८१ भाद्र २८ र २९ गते ललितपुरमा संघको १८ औँ बार्षिक साधारण सभा एवं आठौं अधिवेशन आयोजना हुन गईरहेको छ ।

सूचना ! सूचना ! सूचना !


देशभर सञ्चालनमा रहेका करिव ३ सय ६५ सामुदायिक रेडियाहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ
नेपालले २०८१ भाद्र २८ र २९ गते ललितपुरमा संघको १८ औँ बार्षिक साधारण सभा एवं आठौं अधिवेशन आयोजना गर्न
गईरहेको छ । संघको सदस्यता प्राप्त गरि हाल नियमितरुपमा प्रसारणमा रहेका प्रत्येक रेडियोबाट एक जना प्रतिनिधि यस
अधिवेशनमा सहभागि हुनु पर्ने भएकाले प्रतिनिधी पठाउन छुटेका सदस्य रेडियोहरुले तत्काल रेडियोको कार्यसमितिको
बैठकबाट निर्णय गरि एक जना प्रतिनिधि पठाईदिनुहुन यो सूचना प्रकासित गरिएको छ । प्रतिनिधि पठाएको जानकारी र
प्रतिनिधिको पासपोर्ट साइजको फोटो २७ गते बेलुकासम्म संघको इमेल ठेगानामा पठाइसक्नु पर्नेछ ।


- सामुदायिक रेडियो प्रसारक संघ नेपाल